Vimmbox
'डियर करुणा'

'डियर करुणा'

80 views

Published on Mar 28, 2019
डियर क्रस
'करुणा'

तिमी म देखि हजारौं माइल टाढा छौ,तर केबल दुरि बाट मात्रै।मन मा त तिमी यति नजिक छौ कि म ब्याख्या गर्ने कुनै सब्द भेट्दिन।
यी आँखा को वरिपरि अनि यो मन को कुनै कन्दरामा जहाँ तिम्रो ठाउँ निकै सुरक्षित छ। यती सुरक्षित छौ कि जति म आफैमा सुरक्षित छैन होला।

म आफैलाई अलि बेर भुल्न सक्छु होला तर तिम्रो त्यो 5.1 को हाइट ,हल्का कलर गरिएको त्यो कपाल ,देख्दै हर कोहि लोभिने त्यो मुहार, कालो कलर को त्यो अोन पिस। अनि कालै कलर को त्यो घडी,अनि कालो नै पोतिएको नङ पालिस।हेर्दा एस्तो लाग्छ कि तिम्रो मन पर्ने रङ्ग पनि ब्ल्याक नै हो,मेरो जस्तै।त्यसैमा थोरै यता फर्केर मुसुक्क हासेको त्यो तिम्रो करिब करिब डेढ बर्ष अघिको पुरानो तस्बिर मेरो मन मा जति पछि गयो उति_उति ताजा अनि नयाँ बन्दै जान्छ।
खै के जादु गरेको छ त्यो मुहार ले त्यो तिमी जान मत केबल त्यही फोटो जुम गरि गरि हेरेर मुसुक्क हास्न अनि कल्पना मै सिमित भएपनी तिमीसङ्ग रमाउन मात्रै जानेको छु ।
आफुलाई आनन्दित हुने कुरा मा रमाउन पो किन छाड्ला र यो मन हैन र ? दिनमै सयौं तस्बिर देख्ने यी नयनहरु अनि आज सम्म हजारौं मानिस को तस्बिर कैद गरेका यीनै आँखा ले तिम्रो त्यो तस्बिरलाई किन यति सुरक्षित राखेका होलान्? अहिले पनि हजारौं को भिड मा जादा यी आँखाले तिमिलाई नै चाहार्छ, यो जान्दा जान्दै कि तिमी म बाट कैयौं टाढा छौ।यी नयन निर्दोष छन्।राम्रोलाई मात्र राम्रो भन्छन्।त्यो मान्छे पनि त अन्जान न हो तर त्यो मुहार सधै यी नयनले आफ्नो छातिमा टाँसेर राखेका छन्।हरपल तिम्रै तस्बिरले तिम्रो सामिप्यता बढाइरहन्छन।

तिम्रो त्यो तस्बिर यो आँखा मा बस्यो कसरी ?यो मनलाई तिमिले होइन तिम्रो मनले जुनदिन सोद्नेछ पक्कै उत्तर त्यो मनले पाउने छ।
खै के जादु गर्यौ तिमिले अन्जान मै यो मन फस्यो कसरी?जस्तो कि ब्ल्याक होलबाट केही फर्किन सक्तैन।तिमी ब्ल्याक होल हौ र म एउटा फुच्चे तारा जो तिम्रो मनमा बिलय भैगएछु।

एकैपटक मात्रै सुनेको तिम्रो त्यो बोली ( तिमी अरु सङ्ग बोल्दै गर्दा ) पनि यी कानमा गुन्जिरह्नछ । जो एक मीठो गाना को धुन जस्तै, कहिलेकाहीँ डाहा लाग्छ तिम्रो सुन्दरता देखेर....सङ्गै डर पनि लाग्छ तर जती डाहा लाग्छ त्यति भने हैन ।
डर यसकारण लाग्छ कि कतै यी आँखा ले तिम्रो तस्बिर नियाल्दा नियाल्दा तिमी मा कुनै दाग त लाग्दैन । तिमी म सङ्ग छैनौ त्यो पनि जान्दछ मन, तर पनि तिम्रो त्यो मुस्कान ले मेरै मन नै पछ्याउँदै छ आखिर किन? कुन चुम्बक राखेकी छौ हँ तिम्रो मुहारमा? जो हरपल तिमी मै आकर्षित हुन्छु म कहिले काहीँ आफैमा गुनगुनाउँदो रहेछु।

गीत याद आउँछ जो दसक पुरानो हुनै लाग्यो।
"यो मायाको संसार बिचित्र,
तिम्रो रुपमा के जादु छर हो बस्यो दिल भित्र।"

जब कुनै शब्द आफ्नो मनलाई चित्त बुज्छन नि तब निकै सुन्न मन लाग्छ अनि गुनगुनाउन मन लाग्छ त्यसैले गुनगुनाउछु साच्चिकै खै के छ तिमीमा त्यस्तो जो हरेक पल यहीँ रहन्छौ। तिम्रो कुनै चाहाना नै नहोस् म चाहन्छु।किनकि म तिम्रो हरेक चाहनालाई पनि कम पारिदिन तयार छु।

यो दिल यी नयन बिहानि हुदा तिम्रो तस्बिर खोज्छन किन ? तिमी अन्जान हौ भन्ने जान्दा जान्दै पनि यो मन ले तिमिलाइ रोज्छ किन?सायद यसैलाई भन्दाहुन् माया।थाहा छैन म तिमिलाई माया गर्छु गर्दिन तर एउटा कुरा पक्कै हो कतै मायाको कुरा सुन्दा तिमिलाई सम्झिन्छु।

कहिलेकाहीँ सोध्न मन लाग्छ आफैमा तर कुनै जवाफ आउदैन बस खोजिरहन अनि हराइरहन मन लाग्छ तिमिमा।अनि हराउन मन लाग्छ तिम्रै कल्पनामा।न मैले तिमिलाई देखेको नै छु न देख्न पाउछु भन्ने आसा नै छ।बस् कुनै दिन देख्न पाएछु भने भनौला दैब ले जुराएछन।"धन्य प्रभु।"जो यो मन को एक चाहा पूरा गरिदियौ धन्य प्रभु मेरो पुकार सुनिदिनुभो भनौला।
कती भाग्यमानी छौ तिमि मेरो हरेक ढड्कनको छेउमा तालि बजाइरहेछौ तिमी।कहिलेकाही म आफै अलमल मा हुन्छु।म तिम्रो तस्वीर मै यती केन्द्रित छु भने झन् तिम्रै सामुन्ने हुदा म के गरुला? मनै त हो कल्पना पनि गरिहाल्छ कल्पना को जीवन कति रमाइलो छ है जहाँ हरेक कुराको नाइके आफै बन्न पाइने। रोक्न छेक्न कोहि आउदैन जहाँ म आफुले तिमिलाइ खुलेर माया गर्न सक्छु।यो सोच्न पर्दैन कि तिमिले कल गरेनौ म्यासेज गरेनौ।आज अर्कैसँग नजिकियौ कि।यो पनि सोच्नु पर्दैन।म तिमि सङ्ग कैले झगडा नै गर्छु ,न तिमी मलाइ केही भन्छौ नै भन्ने डर नै छ किनकि तिमिलाइ मैले नै रोजेको हो मैले नै खोजेको हो । जहाँ तिमि मात्रै छौ अनि तिम्रो माया साच्चिकै माया एकोहोरो नै ठिक जहाँ न केही पाउने आसा छ न गुमाउने डर।
दोहोरो माया मा स्वार्थ हुन्छ एक अर्कालाई पाउने अनि डर पनि हुन्छ होला कतै गुमाइहाल्छु कि भन्ने। मलाई डर छैन किनकी न म तिमिलाई पाउन सक्छु न गुमाउनु नै पर्नेछ।तर पनि तिमी मेरो लागि धेरै थोक हौ,अपसोच तिम्रो लागि म केही हुन सकेनछु।तिमी मेरो रोजाइ होइनौ मेरो मनको चाहाना हौ।एकदिन बोलौं न है हामी?गरौं न है मनका कुरा?माइ डियर क्रस।

शिसिर अर्याल (Ccr Aryal)

Comments

You have to be logged in to write a comment...
Create account
Log In
Not yet commented...
Vimmbox is the venue where artists gather and monetize their work. Learn more
Join